Blog Details

Blog Image

गफ

Text Reader Controls

1.0
1.0
1.0

नबनु भन्छु उदास
बनाउँ भन्छु देश
बदलिन्छ हाम्रो
क्रान्तिको भेष


नक्खुको चर्खामा देश बन्छ
भैरवाको बुद्ध बन्दुक बोक्छ
जिम्दार साहु मुखियाका बाला
मुलुक सपार्ने देख्दछ खाका


बालुवाका महलको चर्तिकला
टार खेत सुकेर बाँझियो
धनौरा भेरहवा नक्खुकोबाटो
पीच भएर शिंहासन पुग्छ,


गौँथलीको गुँडमा कौवाको वास
भूतको कथा मरूभूमिको रापमा
क्रान्तिको सपना तुहिएछ जापमा
यही हो गफ विकासको नाममा