Blog Details

Blog Image

सादापन

Text Reader Controls

1.0
1.0
1.0

सादापन

बन्छ विम्ब यो जगतमा हेप्नी नि हसाउने कडी
घमण्ड लुके छन् त्यसमा धन नि कमाउने कति
मिले मति जनता विरोधमा लड्दै नलड्ने कैगरि
त्यहि छ यस पहरमा गोकुल जगत भरिमा नीति


उडन्ते ठट्टे लहडी तहमा पुगेछन् यी नेता जति
हुन प्रभू मेरा उनै यहाँ अझै जगत हसाए रै पनि
ढाकर बेल्चा गैती चलाउनै ति अरब जानेहरू जति
आशा मै बसे देशमा काम पाउँने सुदिन गन्दै गरि


हरायो पाउन खान सफा हावा कान्तिपूर मै पनि
नबज्ने खैजडी मजुरा हराए मन्दिर पिरसरमै पनि
बाझिँए डाडा पाखा र पखेरू लडाइ कै हुण्डर भरि
हुँन्छ कल्याण जगतको पारे त हेप्निलाइ खरानि


उठेरै उठ जागेजाग एमसीसी ध्वस्त पारौ पो भनि
देश घात तिगडमहरू परै सार्ने जुक्ति पारौ ए सखि
नेता बन्छु भन्ने भरि जीवन सर्बत्र सादा रहिरहोस
यही उपाय एक अव यहाँ जनताको हित हुन्छ तकि